गाती ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता कात्तिक २२ देखि

काठमाडौं, १४ कात्तिक । सिन्धुपाल्चोकको बाह्रबिसे गातीमा चौथो संस्करणको गाती सेभेन ए साइड फुटबल प्रतियोगिता आउँदो कात्तिक २२ गतेदेखि सुरू हुने भएको छ ।
गाती युवा क्लबको आयोजनमा हुने यस प्रतियोगिता २५ कात्तिक सम्म चल्ने छ। यस प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले ६६ हजार ६६६ सहित ट्रफी मेडल पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेल सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालीका-६ स्थित गाती खेल मैदानमा हुनेछ।
यस्तै प्रतियोगिताको लागि टिम दर्ता गर्ने अन्तिम मिति कात्तिक २२ गतेसम्म रहेको छ भने टिम दर्ता शुल्क ७ हजार लाग्ने आयोजकले जनाएको छ।

