डिजेल र मट्टितेलको मूल्य घट्यो, भारतबाट बढेर आएपनि पेट्रोल र ग्याँसको मूल्य यथावत्

काठमाडौं, १४ कात्तिक । डिजेल र मट्टीतेलको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मूल्य घटाएको हो।

यो सँगै अब डिजेल र मट्टीतललाई काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्ने निगमले जनाएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

त्यस्तै इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्यमा प्रति लिटर १.५१ रुपैयाँ तथा एलपी ग्याँसको मूल्यमा प्रति सिलिन्डर ९३ रुपैयाँ बढेर आएको भएपनि नेपालमा भने मूल्य यथावत् रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय