मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनौटको सेमिफाइनलमा

काठमाडौं, १४ कात्तिक । नेपाल आइसिसी टी२० विश्वकप छनौट एसिया फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको खेलमा मलेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १५ बल अगावै ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जीतमा कुशल मल्लले ६५ रन बनाए भने कुशल भुर्तेल ४३ रनमा आउट भए ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाउँदै नेपाललाई १६६ रनको लक्ष्य दिएको थियो ।
मलेसियाका लागि ओपनर ब्याटर सैद अजिजले सर्वाधिक ६८ रन बनाए । त्यस्तै जुबेदी जुल्फिकीले २४ रन बनाए । नेपालका अविनाश बोहराले ४ विकेट लिए भने सन्दीप लामिछाने, रोहित पौडेल र गुल्शन झाले १-१ विकेट लिए ।

