सैद अजिजको अर्धशतकमा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, १४ कात्तिक । काठमाडौंमा जारी आइसिसी टी२० विश्वकप छनौट एसिया फाइनल्स अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेलिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाउँदै नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।
मलेसियाका लागि ओपनर ब्याटर सैद अजिजले सर्वाधिक ६८ रन बनाए । त्यस्तै जुबेदी जुल्फिकीले २४ रन बनाए । नेपालका अविनाश बोहराले ४ विकेट लिए भने सन्दीप लामिछाने, रोहित पौडेल र गुल्शन झाले १-१ विकेट लिए ।

