सिङ्गापुरलाई हराउँदै ओमान सेमिफाइनल नजिक

काठमाडौं, १४ कात्तिक । काठमाडौंमा जारी आइसिसी टी२० विश्‍वकप छनौटमा ओमानले दोस्रो जीत हासिल गरेको छ । ओमानले सिङ्गापुरलाई २२ रनले हराएको हो ।

ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर १५२ रन मात्र बनायो । सिङ्गापुरका सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४६ रन बनाए भने मनप्रुित सिंहले ३१ तथा अनिष परामले २६ रन बनाए ।

ओमानका फयाज बटले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । बिलाल खानले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए । शकील अहमद, जिशान मकसुद, आकिब इलियास र मोहम्मद नदीमले १-१ विकेट लिए ।

टियु क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले सिङ्गापुरलाई बलियो लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो ।

ओमानका लागि आकिब इल्यासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रन बनाए । त्यस्तै प्रतिक अथावालेले ४२ रन बनाए भने जिशान मकसुदले २६ रन बनाए । सिङ्गापुरका जनक प्रकाश, रमेश कालिमुथु र अनिश परामले २-२ विकेट हात पारे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय