प्रिन्सिपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

बारा, १४ कात्तिक । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या प्रकरणमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ ।
गएराति प्रहरीले पूर्व शिक्षिकासहित थप तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीन भारतीय नागरिक पनि छन् । त्यस्तै सोही विद्यालयकी पूर्व शिक्षिकालाई पनि पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार अन्य केही व्यक्ति पनि संलग्न रहेको आशंका रहेकाले सबैलाई पक्राउ गरेपछि पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिइने जनाएको छ ।
सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका अज्ञात व्यक्तिले सर्राफमाथि कलैया–६ मदर्शा टोलमा गोली प्रहार गरेका थिए।
घाँटी र छातीमा गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।

