इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

काठमाडौं, १४ कात्तिक । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ।
सोमबार साँझ तेल अबिबस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै थप दुई नेपालीको शव पहिचान भएको जानकारी गराएको छ। ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
तीमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान भएको दूतावासले जनाएको छ।

