टि२० विश्‍वकप छनौट: दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दै

काठमाडौं, १४ कात्तिक। आइसिसी टी२० विश्‍वकप एसिया फाइनल्सको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियासँग खेल्दै छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजेदेखि सुरु हुने छ ।

नेपालले पहिलो खेलमा सिङ्गापुरमाथि ८ विकेटको सहज जीत निकालेको थियो । त्यस्तै मलेसिया भने ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपालले टोलीमा एक बाध्यकारी परिवर्तन गर्ने छ । चोट बोकेका दीपेन्द्रसिंह ऐरीको स्थानमा नेपालले विवेक यादव वा कुनै बलरलाई मौका दिन सक्‍ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...