गोली लागेर घाइते प्रधानाध्यापकको निधन

बारा, १३ कात्तिक । बाराको कलैयामा सोमबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सरार्फको निधन भएको छ ।

गोली लाग्‍नेबित्तिकै उनलाई वीरगञ्‍जस्थित बयोधा अस्पताल पुर्‍याइएको भएपनि उनको उपचारका क्रममा ज्यान गएको हो । उनलाई घाँटी र छातीमा गोली लागेको थियो ।

उनीमाथि दुईवटा मोटरसाइकलमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय