बारामा स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

बारा, १३ कात्तिक । बाराको कलैयामा गोली चलेको छ । कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सरार्फमाथि गोली प्रहार भएको हो ।
प्रहरीका अनुसार अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको हो। उनको घाँटी तथा छातीमा गोली लागेको छ।
उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ ।

