रिगल आममाफी विरुद्ध अनसनरत भारती पत्रकार सम्मेलनमै बेहोस

काठमाडौं, १३ कात्तिक । श्रीमानको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल)को आममाफीको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनमै बेहोस भएकी छन् ।
गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको छ ।
यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

