पोखराको छोरेपाटनबाट पुम्दीकोट जाँदै गरेको बस पल्टिँदा ३५ जना घाइते

पोखरा, १२ कात्तिक । पोखरामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

छोरेपाटनबाट पुम्दीकोटका लागि छुटेको ग १ ख ८५८५ नम्बरको नगर बस शान्ति स्तुपा नपुग्दै उकालो सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार घाइतेहरुमध्ये ७ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । अन्यको पनि विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीले बताए अनुसार तीन घाइतेको अवस्था गम्भीर देखिएको छ ।

गाडी सडकबाट तल खसेर उत्तानो परेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...