चितवनबाट वनभोज मनाएर फर्किँदै गरेको बस सिमरामा दुर्घटना

बारा, १२ कात्तिक । वीरगञ्‍ज पथलैया सडकअन्तर्गत बाराको सिमरामा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। वीरगञ्‍जबाट चितवन पिकनिक गएर फर्किँदै गरेको एउटै टोलका करिब ५० जना चढेको बस दुर्घटनामा परेको हो ।

चितवनको जलबिरे झरनाबाट पिकनिक मनाएर फर्किने क्रममा ना ७ ख ४७४९ नम्बरको यात्रुबाहक बस तीव्र गतिका कारण अनियन्त्रित भई राष्ट्रिय वाणिज्य बैंकको भवनमा ठोकिएको थियो । दुर्घटनामा परी अन्दाजी ३० वर्षका एकजना पुरुषको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बसमा सवारमध्ये १५ जना घाइते भएका छन् भने अन्यलाई सामान्य चोट लागेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय