अस्ट्रेलियाद्वारा न्युजिल्यान्डलाई विशाल लक्ष्य

काठमाडौं, ११ कात्तिक। भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप अन्तर्गत शनिबारको पहिलो खेलमा अस्ट्रेलिया र न्युजिल्यान्ड खेलिरहेका छन् ।

धर्मशालास्थित हिमाञ्‍चल प्रदेश क्रिकेट एकेडेमी रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले न्युजिल्यान्डलाई ३८९ रनको विशाल लक्ष्य दिएको छ ।

अस्ट्रेलियाले चार बल अगावै अलआउट हुँदै ३८८ रन बनायो । ओपनर ट्राभिस हेड र डेभिड वार्नरले अस्ट्रेलियालाई आक्रामक सुरुवात दिलाएका थिए । दुई मिलेर पहिलो विकेटका लागि २० ओभर भित्रै १७५ रनको साझेदारी गरेका थिए ।

हेड ६७ बलमा १०९ रन बनाएर आउट भए । डेभिड वार्नरले ८१ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले ४१, जोश इङ्लिसले ३८, प्याट कमिन्सले ३७ तथा मिचेल मार्शले ३६ रन बनाए । स्टिभ स्मिथ र मार्नस लबुशानले समान १८ रन बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनरले २ विकेट लिँदा जिमी निशम र म्याट हेनरीले १ १ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय