विश्‍वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं, ११ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप अन्तर्गत शनिबार दुई खेल हुँदै छन् । आज अस्ट्रेलिया र न्युजिल्यान्ड तथा बङ्गलादेश र नेदरल्यान्ड्स खेल्दै छन् ।

धर्मशालास्थित हिमाञ्‍चल प्रदेश क्रिकेट रङ्गशालामा विहान पौने ११ बजेदेखि अस्ट्रेलिया र न्युजिल्यान्डबीच खेल हुँदै छ । हालसम्म खेलेका ५ खेलमध्ये न्युजिल्यान्डले ४ खेल जितेको छ भने अस्ट्रेलियाले ३ खेल जितेको छ । न्युजिल्यान्ड ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ भने अस्ट्रेलिया ६ अंकसहित चौथो स्थानमा छ ।

त्यस्तै दिउँसो सवा २ बजेदेखि कोलकाताको इडेन गार्डेन्समा बङ्गलादेश र नेदरल्यान्ड्सबीच खेल हुने छ । दुवै टोलीले हालसम्म खेलेका ५ खेलमा १ खेल मात्र जितेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय