सन्दीपलाई समेट्दै विश्वकप छनौट खेल्ने नेपाली टोली घोषणा

काठमाडौं, ११ कात्तिक । नेपाल क्रिकेट संघ क्यानले सोमबारदेखि काठमाडौंमा सुरु हुने आइसिसी टी२० विश्वकप छनौटअन्तर्गत एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा गरेको छ । नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किएका छन् ।
सन्दीपले केही समय विश्राम लिने भन्दै शुक्रबार सम्पन्न त्रिकोणात्मक श्रृंखला खेलेका थिएनन् । त्रिकोणात्मक सिरिजको टोलीबाट सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन् ।
आइसिसी टि२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोट कात्तिक १३ गते सोमबार देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

