युएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं, १० कात्तिक । नेपाल त्रिकोणात्मक श्रृंखलाको फाइनल खेलमा नेपाल र युएई खेलिरहेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले २८ बलमै अर्धशतक प्रहार गरेका हुन् ।
नेपालका आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भएका छन् । दुवैलाई आयान अफजल खानले बोल्ड गरे ।

