एमालेद्वारा व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुर ‘प्रवेश निषेध’ !

काठमाडौ, ९ कात्तिक । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले व्यवसायी दुर्गा प्रसाईलाई भक्तपुर प्रवेशमा निषेध गरेका छन् ।
झापा घर भएका एमाले पुर्व केन्द्रिय सदस्य समेत रहेका प्रसाईं झापादेखि काठमाडौ यात्रा गर्दा अब भक्तपुर भएर हिंड्न् समेत नपाउने भएका हुन् ।हवाइ मार्ग बाहेक स्थल मार्गबाट यात्रा गर्दा उनले काठमाडौदेखि मलेखु,चितवन,हेटौंडा हुँदै पुर्वको बाटो समात्नुपर्ने छ।
एमाले निकट उक्त संगठनले एक विज्ञप्ती जारी गर्दै काठ बस्तीलाई अपमान हुने गरी व्यवसायी प्रसाईले अभिव्यक्ति दिएको उल्लेख गर्दै उनको अराजकताको पराकाष्ट नाघेको भन्दै जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेको हो ।
प्रसाईको काठमाडौ उपत्यका भित्रको घर जग्गासमेत भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा पर्दछ । जिल्ला अध्यक्ष रञ्जन खड्काले विज्ञप्ती जारी गर्दै प्रसाईको उक्त अभिव्यक्तिको घोर भत्सना गर्दै प्रवेश नदिने भनेका हुन्।
विज्ञप्तीमा भनिएको छ, ‘मेडिकल माफिया र बैकबाट १३ अर्व ऋण लिएर ऋण नतिरी राज्यलाई र राज्यकोष माथि दोहन गरि अनेक अराजकता गतिविधि गर्दै आएको मेडिकल माफिया दुर्गा प्रसाईले दिँदै आएको अभिव्यक्ति र उसको काठक्षेत्र माथि निर्मम कटाक्षप्रति नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संगठन भक्तपुर जिल्ला कमिटीले घोर भत्सना गर्दा छ । राज्यको सम्पति माथि दोहन गर्ने अनि राज्यमाथि नै अराजकता गर्दै हिड्ने दुर्गा प्रसाईलाई हामी काठ क्षेत्र भक्तपुरमा निषेध गर्ने छौं ।’
राज्यका अनेकन कोषहरुको दोहन गरी अकुत सम्पत्ती कमाएका प्रसाईले पछिल्लो समय एमाले, एमालेका अध्यक्ष केपी ओली तथा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अपमानित तथा अराजक अभिव्यक्ति दिइरहेको भन्दै जिल्ला प्रवेशमा निषेधको घोषणा गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

