क्रेन दुर्घटना हुँदा सहचालकको ज्यान गयो

मकवानपुर, ९ कात्तिक । मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बिहीबार बिहान रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो ।

क्रेन पल्टिँदा चालक दशरथ पासवान सामान्य घाइते भएका थिए भने गम्भीर घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय