रामकुमारी झाँक्रीले राष्ट्रपति पौडेलको हातबाट दशैंको टीका ग्रहण गर्ने

काठमाडौं, ७ कात्तिक । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बडादसैँको टीका राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट लगाउने भएकी छन्।

झाँक्रीले सोमबार साँझ सामाजिक सञ्‍जालमा लेख्दै राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्ने जनाएकी हुन् । ‘म प्रधानमन्त्री, मन्त्रीहरू, दलका नेतृत्वगणसँग टीका लगाउन खासै गइनँ’, उनले भनेकी छन्, ‘तर यसपटक म सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका लगाउने सोच बनाएँ।’

आज विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्टदेखि सर्वसाधारणसम्मलाई दसैँको टीका लगाइदिने कार्यक्रम छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय