दसैंमा काठमाडौका सडक सुनसान (हेर्नुस् तस्वीर)


काठमाडौ,६कार्तिक।संघीय राजधानी काठमाडौमा स्थायी र अस्थायी बसोबास गर्ने नेपालीहरू गाउँ फर्केपछि सडक सुनसान देखिएको छ।

नेपालीको मुख्य चाड दसैं मनाउन यहाँका सर्वसाधारण घटस्थापनादेखी नै गाउँ फर्किन थालेका थिए। यो क्रम आज नवमी सम्म जारी रहेसँगै काठमाडौ सुनसान भएको हो।

बाहिर जिल्लामा घर भएर यहाँ बसोबास गर्नेहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी पनि ब्यापार ब्यबसाय बन्द गरेर घरमै रमाउन थालेपछि काठमाडौंका मुख्य सडक,चोक र ब्यापारीक केन्द्र सुनसान भएको हो।

ट्राफिक जामले अस्त ब्यस्त रहने काठमाडौं उपत्यकाका सडक यतिबेला सुनसान भएपछि चौडा देखिएको र ट्राफिक समस्या कतैपनी नदेखिएको हो। दसै पछिको पुर्णिामा सम्म पुनः काठमाडौ भरिभराउ हुनेछ।

अहिले काठमाडौँमा मानिसको खचाखच हुने न्युरोड,सुनधारा, भद्रकाली,नयाँ बसपार्क,बानेश्वर,कलन्की लगायतका ठाउँमा पनि पसल बन्द छन् भने सवारी चाप पनि न्यून छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय