पाल्पा दुर्घटना: दशैंमा रानीमहल घुम्‍न गएका एकै परिवारका ६ जनाले गुमाए ज्यान

पाल्पा, ६ कात्तिक । आइतबार साँझ पाल्पामा भएको स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनै सबैजना एकै परिवारका भएको खुलेको छ ।

मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल, नातीहरु ११ वर्षीय सोबिस धिताल र अर्का अढाई वर्षीय बालक रहेका छन्।

त्यसैगरी कृष्णबहादुरका आफन्त लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् । उनी स्कार्पियोका चालक हुन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेश ०१–०२६च–७२०९ नम्बरको कारमा सवार उनीहरु पाल्पाको रानीमहल घुमेर सदरमुकाम तानसेन जाँदै गर्दा दुर्घटनामा परेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय