पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

काठमाडौं, ५ कात्तिक । पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
आइतबार साँझ प्रसिद्ध रानीमहल नजिकै बैकुण्ठे भीरबाट जीप खाेलामा खसेको हो । दुर्घटनामा चालक घाइते छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
ज्यान गुमाउनेकाे परिचय खुल्न बाँकी छ ।
अहिले घटनास्थलमा प्रहरी र सेनाको टोली खटिएको ५ ।

