धादिङको खरी केन्द्र भएर आइतबार साँझ लगातार दुई भूकम्प

काठमाडौं, ५ कात्तिक । धादिङको खरी आसपास केन्द्र भएर दुई शक्तिशाली भूकम्प गएको छ । विहानै गएको भूकम्पपछि पराकम्पन नरोकिएको अवस्थामा साँझ फेरि दुई ठुला पराकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँज ५ बजेर ३१ मिनेटमा ५.० म्याग्निट्युडको भुकम्प गएको हो भने लगत्तै ५ बजेर ३३ मिनेटमा ५.१ म्याग्निट्युडको भुकम्प गएको हो ।
काठमाडौं, चितवन, गोरखा लगायतका जिल्लामा यी दुई भूकम्पको धक्का महसुस भएको थियो । धादिङमा भने दिनभरमा कम्तिमा १०० पराकम्प गइसकेका छन् ।

