रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो, चार घाइते

रौतहट, ५ कात्तिक । रौतहटको चन्द्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।

चन्द्रपुर–५ राजपैडामा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५५ वर्षीया मनीयादेवी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाँस काट्न घर नजिकैको जंगलमा गएको बेला शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो। ज्यान जोगाउन भागेको भएपनि उनको शव विहान भेटिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय