मनकामना केबलकार भोलिदेखि तीन दिन बन्द हुने

गोरखा, ५ कात्तिक । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्नका लागि सञ्चालित केबलकार तीन दिन बन्द हुने भएको छ ।
दसैँमा तीन दिन नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
मनकामना केबलकार कात्तिक ९ गतेदेखि पुनः नियमित सञ्चालनमा आउने छ ।

