त्रिकोणात्मक श्रृंखलामा आज हङकङ र युएई खेल्दै

काठमाडौं, ५ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलाको चौथो खेलमा आज हङकङले युएईसँग खेल्दै छ । मुलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि खेल सुरु हुने छ ।

युएईले श्रृंखलाको आफ्नो दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा बुधबार युएई नेपालसँग ७ विकेटले पराजित भएको थियो । हङकङ भने दुवै खेलमा नेपालसँग पराजित भएको छ ।

नेपालले हालसम्म खेलेका आफ्ना तीनवटै खेल जित्दै एक खेलअगावै फाइनलमा स्थान बनाइसकेको छ । युएईले भोलि फेरि नेपालसँग खेल्ने छ भने बुधबार युएई र हङकङबीच प्रतिस्पर्धा हुने छ ।

फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय