
क्लासेनको विस्फोटक शतकमा दक्षिण अफ्रिकाद्वारा इंग्ल्यान्डलाई विशाल लक्ष्य
काठमाडौं, ४ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत आज भइरहेको दोस्रो खेलमा दक्षिण अफ्रिका र इंग्ल्यान्ड खेलिरहेका छन् ।


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३९९ रन बनाउँदै ४०० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले विस्फोटक शतक प्रहार गरे । उनले ६७ बलमा १२ चौका र ४ छक्कासहित १०९ रन बनाए । त्यस्तै रिजा हेन्ड्रिक्सले ८५ रन बनाए भने मार्को जान्सेन ७५ रनमा अविजित रहे । राशी भान डेर डुसेनले ६० रन बनाए ।
Comments

