विश्‍वकपमा श्रीलंकाको पहिलो जित, नेदरल्यान्डस् पराजित

काठमाडौं, ४ कात्तिक । श्रीलंकाले भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकपमा पहिलो जीत हासिल गरेको छ । शनिबार नेदरल्यान्ड्सलाई ५ विकेटले हराउँदै श्रीलंकाले जारी विश्‍वकपमा अंकको खाता खोलेको हो ।

नेदरल्यान्ड्सले दिएको २६३ रनको लक्ष्य श्रीलंकाले १० बल अगावै ५ विकेट गुमाएर भेट्टायो । श्रीलंकाका लागि सदीरा समराविक्रमाले अविजित रहँदै ९१ रन बनाए भने पथुम निसान्काले ५४ रन बनाए । चरिथ असलन्का ४४ रनमा आउट भए । नेदरल्यान्ड्सका आर्यन दत्तले १० ओभरमा ४४ रन दिएर ३ विकेट लिए भने पल भान मिकेरेन र कलिन एकरम्यानले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ४ ओभरमा २६२ रनमा अलआउट भएको थियो । नेदरल्यान्ड्सका साइब्रान्ड एङ्गलब्रेटले सर्वाधिक ७० रन बनाए भने लोगान भान बिकले ५९ रन बनाएका थिए ।

श्रीलंकाका दिल्शान मदुशन्काले ९ ४ ओभरमा ४९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै कसुन रजिथाले ९ ओभरमा ५० रन दिएर ४ विकेट लिए । महिश थिक्सानाले १ विकेट लिए ।

योसँगै विश्‍वकपमा अंकको खाता खोलेको श्रीलंका २ अंकसहित स्थानमा छ । नेदरल्यान्ड्सको पनि समान २ अंक छ र नेट रनरेटका आधारमा स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय