
मल्ल र ऐरीको विस्फोटक पारीमा नेपालद्वारा हङकङलाई विशाल लक्ष्य
काठमाडौं, ४ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित टी-२०आई त्रिकोणात्मक श्रृंखलाअन्तर्गत आज तेस्रो खेलमा नेपाल र हङकङबीच खेल हुँदै छ ।


मुलपानीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई २१४ रनको बलियो लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो ।

नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक अर्धशतक प्रहार गरे । ४१ बल खेलेका कुशलले ९ छक्का र ३ चौकासहित ९१ रन बनाए । दीपेन्द्रले ५७ रन बनाएर आउट भए ।
यी दुई ब्याटर मिलेर शतकीय साझेदारी गरेका थिए । नेपाल ५५-४ को अवस्थामा रहेका बेला यी दुई मिलेर इनिङ उकासेका थिए ।
Comments

