हङकङविरुद्ध टस जितेर नेपालको ब्याटिङ, प्रतिशको डेब्यु

काठमाडौं, ४ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित टी२० आई त्रिकोणात्मक श्रृंखलाअन्तर्गत आज नेपाल र हङकङबीच खेल हुँदै छ । मुलपानीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । प्रतिश जिसीले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । प्रतिश अभिनाश बोहराको स्थानमा टोलीमा आएका हुन् ।
त्यस्तै श्याम ढकालको स्थानमा ललित राजवंशी टोलीमा फर्किएका छन् ।

