एएफपीमा कार्यरत नेपाली पत्रकार घिमिरेको निधन

काठमाडौं, ४ कात्तिक । फ्रान्सेली समाचार संस्था एजेन्स फ्रान्स प्रेस (एएफपी)मा कार्यरत नेपाली पत्रकार सागर घिमिरेको निधन भएको छ। शुक्रबार अपरान्ह उपचारका क्रममा मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा घिमिरेको निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे बिहीबार अस्पताल भर्ना भएर शुक्रबार बिहान डिस्चार्ज भएपनि पुनः स्वास्थ्य समस्या देखिएपछि घिमिरे दिउँसो पुनः अस्पताल पुगेका थिए । चिकित्सकले उनको मुटुले काम गर्न छाडेकाले निधन भएको बताएका छन।

विगतमा न्यु बिजनेस एज र अंग्रेजी पत्रिका रिपब्लिका दैनिकमा काम गरेका घिमिरे हाल एएफपीमा मात्र कार्यरत रहेका थिए । घिमिरेको आमा, दिदी र भिनाजु छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय