त्रिकोणात्मक टी२०आई श्रृंखलामा आज नेपाल र हङकङ खेल्दै

काठमाडौं, ४ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलाको तेस्रो खेलमा आज नेपालले हङकङसँग खेल्दै छ । मुलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि खेल सुरु हुने छ ।

यसअघि नेपालले पहिलो खेलमा बुधबार युएईलाई ७ विकेटलाई हराएको थियो भने दोस्रो खेलमा बिहिबार हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालविरुद्ध हङकङका विस्फोटक ब्याटर बाबर हायात र अन्शुमन राथको ब्याटबाट रन बन्‍न सकेको थिएन । ९४ रनमै समेटिएको हङकङ आज सुधारिएको प्रदर्शन चाहन्छ ।

नेपाल भने लगातार तेस्रो जीत निकाल्दै फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय