गैरआवासीय नेपाली संघको विवाद साइबरक्राइम सम्म !
काठमाडौं, ३ कार्तिक। गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनको निर्वाचन विवाद साइबर क्राइम सम्म पुगेको छ । बिहिवार भएको निर्वाचनमा अपनाइएको इलोक्ट्रोनिक र अनलाइन भोटिङमा सेटिङ मिलाइएको आशंकापछि अधिकांश प्रतिनिधिले निर्वाचनको परिणाममा असहमति जनाउँदै नाराबाजी गरेका थिए।
तर,निर्वाचन समितिले सामान्य रुपमा लिएर परिणाम सुनाउन थालेपछि महाधिवेशन स्थलमा होहल्ला र नाराबाजी भएको हो। निर्वाचन समितिले अध्यक्षमा डा.बद्री केसी बिजयी भएको भन्दै सम्पुर्ण नतिजा सार्वजनिक गरेको थियो। उक्त नतिजामा केही लोकप्रिय भनिएका उम्मेदवारको आफ्नै मत समेत देखिएको थिएन। जब उम्मेदवारकै मत नदेखिएपछि निर्वाचनमा सेटिङ भएको प्रमाण भेटीएको भन्दै ठूलो संख्याले आपत्ति प्रकट गरेको थियोे ।
अष्ट्रेलियाको भेरो कम्पनीको भोटिङ मेसिन प्रती पहिल्यै पनि शंका उत्पन्न भएको भन्दै यसपटक पनि “भोटिङ मेसिन मै सिटिङ” भएकोले अविश्वसनीय नतिजा आएको धेरैको बुझाइ छ।
महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले पनि भेरो भोटिङ अनलाइन कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने गरेको आरोप अरुले पनि लगाएको भन्दै आफुहरुलाई पनि त्यसमा विश्वास नलागेको प्रतिक्रिया दिए।
उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत गणना हुँदा नेपालबाट ‘शून्य’ मत खसेको देखाइएको थियो। जब कि उनी स्वयं महाधिवेशन स्थलमा उपस्थित भएर आफैंलाई मत दिएका छन् ।
यसले पनि भेरोको बिस्वस्नियता नरहेको स्पस्ट देखिन्छ। पौडेलले साइबर क्राइममा समेत यस विषयमा निवेदन दिएको बताएका छन्। परराष्ट्र मन्त्रालयले समेत निर्वाचन प्रक्रियालाई स्थगित गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको महाधिवेशन स्थलमा रहेका एनआरएनएका प्रतिनिधिले बताए।