
गैरआवासीय नेपाली संघमा लफडा, सिस्टम ह्याक गरेर डा.बद्री केसीले जितेको आरोप
काठमाडौ,३कार्तिक ।गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.बद्री केसी विजयी भएका छन् ।तर,अन्य प्रतिष्पर्धीले भने यो परिणाम स्वीकार नगर्ने भनेका छन् ।


बिहीबार सम्पन्न विद्युतीय र अनलाइन भोटिङको परिणाम अनुसार अन्य दुई उम्मेदवार महेशकुमार श्रेष्ठ र आर.के शर्मालाई पराजित गर्दै केसी बिजयी भएका हुन् । उनी नेकपा एमाले निकट हुन् ।उनको विजय स्वभाविक नभै सिस्टम ह्याक गरेर भएको भन्दै महाधिवेशन स्थलमा होहल्ला र नाराबाजी चलिरहेको छ।

अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव शुरु भएको छ । सिस्टम ह्याकको आरोप लगाउँदै अध्यक्षका उम्मेदवारहरु महेशकुमार श्रेष्ठ र आरके शर्माले मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । दुबै उम्मेदवारका समर्थकहरुले चर्को नाराबाजी समेत गरेका छन् ।
भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीलाई जिताइएको र अब कानुनी प्रक्रियामा जाने श्रेष्ठ र शर्माले बताएका छन् ।
सार्बजनिक मत परिणाम अनुसार डा.केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
यसैगरी संगठनको उपाध्यमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा.विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।
यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् भने सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन्।
यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भए। सो पदमा अब्दुल बासिदले १३२२ मत प्राप्त गरे।
संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरे। यस्तै उपमहासचिवमा सोम सापकोटा (१७९०) र प्रविन गुरुङ (२१५०) मतसहित विजयी भए।
त्यस्तै ६ सचिव पदमा भिम केसी कमल (१६७३), डा. ज्ञानेन्द्र रेग्मी (१७८२), मनोज कुमार श्रेष्ठ (२०२४), डा. नवराज रोस्यारा (१८५३), पारमणी पोखरेल (१६५१) र स्वतन्त्र प्रताप शाह (१६६६) विजयी भएका छन्।महिला सचिवमा टिक गुरुङ, राधिका (२३२०) विजयी भइन्। कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भए।
यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलक प्रसाद गैरे (२२३२) मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन् ।
यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए ।
Comments

