राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं, २ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रपतिले विशिष्ट व्यक्तिहरुलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।

