
नेपालको घातक बलिङमा हङकङ सस्तैमा समेटियो
काठमाडौं, २ कात्तिक । नेपाल, हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलअन्तर्गत बिहिबार नेपाल र हङकङबीच खेल भइरहेको छ ।


मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा समेटिएको छ र नेपालले ९५ रनको सामान्य लक्ष्य पाएको छ ।

हङकङका लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए भने जिशान अलीले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।
नेपालका लागि करण केसीले ४ विकेट लिए भने सोमपाल कामी र अविनाश बोहराले २-२ विकेट लिँदा श्याम ढकाल र कुशल मल्लले १-१ विकेट लिए ।
Comments

