चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात

काठमाडौं, २ कात्तिक । चीनमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । उनलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना भएका छन् ।

बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो ।

बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको र चेकजाँच गरेर हेर्दा एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएको थियो ।

हाल उनलाई निगरानीका लागि आइसियुमा राखिएको छ भने उनी खतरामुक्त छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय