गाजाको एक अस्पतालमा विस्फोट हुँदा करिब ५०० को ज्यान गयो

एजेन्सी, १ कात्तिक । गाजाको अल अली ब्याप्टिस्ट हस्पिटलमा विस्फोट हुँदा सयौं प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ।
मंगलबार राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा विस्फोट हुँदा त्यहाँ उपचाररत र आश्रय लिएर बसेका सयौं नागरिकहरूको मृत्यु भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ।
विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ।
अस्पताल विस्फोटलाई इजरायल-हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ।

