
छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड नर्भिकमा
काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पतालमा भर्ना भएका छन् ।


छातीमा असहज महसुस भएपछि उनी स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका थिए ।

उनको एन्जिओग्राम गरिने भएको छ । यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ ।
Comments

