लाओसलाई हराउँदै नेपाल फिफा विश्‍वकप छनौटको दोस्रो चरणमा

काठमाडौं, ३० असोज । फिफा विश्‍वकप २०२६ को छनौटअन्तर्गत पहिलो चरणको खेलको दोस्रो लेगमा नेपालले लाओसलाई हराएको छ ।

नेपालले लाओसलाई १-० ले हराउँदै समग्रमा २-१ को जितसहित फिफा विश्‍वकप छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपालका लागि मनिष डाँगीले गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका थिए ।

खेलमा दुवै टोलीले गोल गर्ने केही अवसरहरु खेर फालेका थिए । खेलको अन्त्यतिर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए ।

यसअघि पहिलो लेगमा दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए । नेपाल अञ्‍जन विष्‍टको गोलमा हारबाट जोगिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय