पति प्रभुको पछि लाग्दा मेयर पद गुम्यो

काठमाडौ,३०असोज।नेकपा एमालेबाट निर्वाचित रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त भएकी छन्।

गत २०७९ बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर चुनावमा विजयी भएकी साहले केही समय अगाडी एमाले परित्याग गरेर आफ्नै श्रीमान प्रभु शाहले गठन गरेको पार्टीमा प्रवेस गरेपछि उनी पदमुक्त भएकी हुन्।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। उनले पार्टी त्याग गरेको जानकारी एमालेले निर्वाचन आयोगलाई गराएको थियो। सोही जानकारी अनुसार आयोगले साहलाई पदमुक्त गरेको हो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।
हेर्नुस् आयोगले जारी गरेको सूचना:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय