इजरायलबाट थप १९ नेपालीको उद्दार (नामसहित)

काठमाडौं, ३० असोज । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट सरकारले थप १९ नेपालीको उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’, उनले भनेका छन् ।

मन्त्रालयले स्थानीय समयानुसार तेल इजरायलको तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ ।

उद्दार गरिएका नेपालीहरुः

अहिले उद्धार गरिएका १९ नेपाली यसप्रकार छन्-
-नन्दसिंह भुल

-सुजेन्द्र खड्का

-प्रतिभा रौनियार

-अनुमा डंगोल

-हिना खाँण

-आतिस गुरुङ

-जुनु गुरुङ

-मौसमी पाख्रिन

-प्रतिमा तिम्सिना

-राजकुमार मानन्धर

-संगीता दुलाल

-उर्मिला रावल

-ममता थापा

-दिलकुमारी अधिकारी कार्की

-निश्चल श्रेष्ठ

-समिता बस्नेत

-अम्बिका सुवेदी

-सरिता गुरुङ

-उर्मिला श्रेष्ठ

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय