
नेपाली काँग्रेस काठमाडौ-३ बाट महासमिति सदस्य निर्वाचित
काठमाडौ,२९असोज।नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर-३ अन्तर्गत महाधिवेशन प्रतिनिधि मध्यबाट क्षेत्रीय समितिले ११ जना महासमिति सदस्य निर्वाचित गरेको जनाएको छ।


काठमाडौ-३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी क्षेत्रीय सभापति सन्तोष चालिसेले सोमबार नेपाली कांग्रेस केन्द्रिय समितिलाई सो कुराको जानकारी दिएका हुन् ।

महासमिति सदस्य निर्वाचित हुनेमा हरिबोल भण्डारी,छिरिङ दोर्जे लामा,डम्बर लामा,देवशुन्दर बज्राचार्य छन्।यसैगरी रमेश अर्याल,बिष्णुदेवी पुडासैनी,गिता सिंंङखडा पनि महासमिति सदस्य चुनिएका छन् ।
त्यसैगरी लाल बहादुर लामा,रामराजा थापा,लेखकुमारी पुडासैनी र बिक्रम सुनार पनि महासमिति सदस्य निर्वाचित भएको क्षेत्रीय समितिले जनाएको छ।
Comments

