
हमासको आतंक र इजरायलको उद्दण्डता विश्व शान्तिका लागि खतरा
काठमाडौ,२९असोज।मानव अधिकार तथा शान्ति समाजले हमासको आतंकवाद र इजरायलको उद्दण्डता दुबैकुरा विश्व शान्तिका लागि खतरा भएको बताएको छ।
समाजले आज एक बिज्ञप्तीजारी गर्दै ७ अक्टोवर २०२३ का दिन हमासले इजरायलमा आतंकवादी हमला गरेपश्चात मध्यपूर्वमा शुरु भएको युद्ध र त्यसको विस्तारप्रति मानव अधिकार तथा शान्ति समाज गम्भीर चिन्ता व्यक्त गर्दछ भनेको छ ।
हमासद्वारा प्रदर्शित बर्बरता आतंकवादको निकृष्ट उदाहरण हो भन्दै समाजले इजरायलमा रहेका नेपालीसहित निहत्था नागरिकहरुको हमासद्वारा क्रुरतापूर्वक गरिएको जघन्य हत्याको जति निन्दा गरेपनि कम हुन्छ भनेको छ ।


यसैगरी सय भन्दा बढी निर्दोष नागरिकहरुलाई अपहरण गरी बन्धक बनाउने हमासको कृत्य आतंकवादको पराकाष्ठ हो भन्दै महासचिव रेनुका पौडेलद्वारा जारी बिज्ञप्तिमा भनिएको छ-‘शान्ति समाज त्यसरी बन्धक बनाइएका विपिन जोशीसहित सबैको शिघ्र सकुशल रिहाइको माग गर्दछ ।’

पछिल्लो चरणमा युद्धको शुरुवात आतंकवादी कृत्यबाट हमासले शुरु गरेको छ । प्यालेष्टिनी स्वराज आन्दोलनको प्रतिनिधित्व आतंकवादी हमासले गर्न सक्दैन । तसर्थ प्यालेष्टिनी स्वराजको नाममा हमासलाई बोक्ने काम कसैले पनि गर्नुहुदैँन र आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रीत हुनुपर्छ भन्दै बिज्ञप्तिमा अगाडी भनिएको छ-‘हमासको बर्बरताको प्रतिवाद गर्ने नाममा लाखौँ निर्दोष प्यालेष्टिनी जनतामाथि प्रदर्शन गरिने कुनै पनि प्रकारको बर्बरता मानवता विरुद्धको अपराध हो । इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानून र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्ने तर्फ शान्ति समाज ध्यानाकर्षण गराउँछ ।’
Comments

