चाडपर्वका लागि नयाँ नोट आजदेखि साट्न पाइने

काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट सटहीको सुविधा दिँदैछ । नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो।

राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएको छ । वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ । वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन् ।

विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ । पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय