कोशीका मुख्यमन्त्री कार्कीको शपथग्रहण आज

मोरङ, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनियताको शपथ लिँदै छन् ।

शपथग्रहण लगत्तै उनले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइने जनाइएको छ ।

आइतबार कम्तीमा ३ र बढीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय