
विश्वकप क्रिकेट: पाकिस्तानमाथि भारतको सहज जीत
काठमाडौं, २७ असोज । घरेलु टोली भारतले जारी विश्वकप क्रिकेटमा लगातार तेस्रो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै भारतले लगातार तेस्रो जीत निकालेको हो ।


पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले ८६ रन बनाए भने श्रेयस अय्यर ५३ रनमा अविजित रहे ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले ६ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए भने हसन अलीले ६ ओभरमा ३४ रन दिएर १ विकेट लिए ।
त्यसअघि अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको थियो । पाकिस्तान ४२.५ ओभरमा १९१ रनमा अलआउट भएको थियो ।
कुनै समय १५५-२ को बलियो स्थितिमा रहेको पाकिस्तानले त्यसपछि लय गुमायो । त्यसपछि निरन्तर रुपमा विकेट गुमाउँदा पाकिस्तानले महाभिडन्तमा बलियो योगफल बनाउन सकेन ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए भने मोहम्मद रिजवान ४९ रनमा आउट भए । इमाम उल हक ३६ रनमा आउट भए । ओपनर अब्दुल्लाह शफिकले २० रन बनाए ।
भारतका लागि जसप्रित बुमराहले ७ ओभरमा १९ रन मात्र दिएर २ विकेट लिए । कूलदीप यादवले १० ओभरमा ३५ रन दिएर २ विकेट लिए भने रविन्द्र जडेजाले ९.५ ओभरमा ३८ रन दिएर २ विकेट लिए । हार्दिक पान्ड्याले ६ ओभरमा ३४ रन दिएर २ विकेट लिए भने मोहम्मद सिराजले ८ ओभरमा ५० रन दिएर २ विकेट लिए ।
Comments

