तीन महिनामा मनाङका दुई हेलि दुर्घटना, प्राधिकरणद्वारा एओसी निलम्बन

काठमाडौं, २७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट (AOC) निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ ।

मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर शनिबार ओखलढुंगाको रुम्जाटारबाट सोलुखुम्बु जाँदै गर्दा लोबुचे भन्ने ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट पिके सेढाई घाइते भएका छन् भने हेलिमा अन्य यात्रु नभएकाले मानवीय क्षति भने भएको थिएन ।

गत असार २६ मा पनि मनाङ एयरको ९ एन एएनभी हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा मानवीय क्षति पनि भएको थियो । तीन मह‍िनाभित्र मनाङ एयरको दुई हेलिकप्टर दुर्घटनामा परेकाले खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरणले प्रस्ट्याएको छ ।

शनिबार पनि हेलिकप्टर दुर्घटनामा परेसँगै मनाङ एयरसँग अब कुनै पनि हेलिकप्टर बाँकी छैन । नयाँ हेलिकप्टर ल्याए पनि तत्काल उडान गर्न पाउने छैन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय