तामाङ कल्याण गुठीको १८औं साधारणसभा सम्पन्न

धार्मिक र सामाजिक एकतामा गुठीको भुमिका महत्त्वपूर्ण- सांसद चालिसे

काठमाडौ,२७असोज।श्री बौद्ध तामाङ कल्याण गुठीको १८ औं बार्षिक साधारण सभा एवं सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

लामा गुरु पुर्ण बहादुर लामा र प्रतिनिधि सभा सदस्य एवं संघीय संसदको अर्थ समिति सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै काठमाडौ-३ का संघीय सांसद एवं अर्थ समिति सभापति सन्तोष चालिसेले तामाङ कल्याण गुठीले सामाजिक पहिचान र धर्म संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

उनले समाजलाई परिवर्तनको दिशामा अगाडी बढाउन र सामाजिक एकता कायम गर्न धर्म संस्कृतिको महत्त्वपूर्ण भुमिका हुने पनि बताए । तामाङ कल्याण गुठीले धार्मिक सद्भाव र संस्कृति जोगाउन सदैब अग्रणी भुमिका खेल्दै आएको भन्दै उनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

यसैगरी बागमती प्रदेश सांसद छिरिङ दोर्जे लामाले गुठिले आफ्नो उदेश्य प्राप्तिको लक्ष हासिल गरिसकेर पनि अझै दायरा फराकीलो बनाउन सकेकोमा खुशी व्यक्त गरे । उनले गुठिको भवन निर्माणको लागि आफुहरु सक्षम रहेको भन्दै बागमती प्रदेशले समेत थप ४० लाख बजेट बिनियोजन गरेको जानकारी दिए। उनले धार्मिक सद्भाव र एकताको काम गर्न गुठीलाई सहयोग र शुभकामना दिए।

काममपा ६ का वडा अध्यक्ष भुवन लामाले धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न तामाङ कल्याण गुठी अग्रणी संस्था बनेको बताए। तामाङ कल्याण गुठिको कारण नै आफुले सामाजिक तथा राजनीतिक भुमिका प्राप्त गरेको भन्दै अध्यक्ष लामाले गुठीको नामलाई अन्तर्राष्ट्रिय सम्म चिनाउन सकिएको बताए।

उनले गुठियारहरुको सहयोग र साथले तामाङ जातिबाट मात्रै होइन अन्य जातीलाई समेत सम्मान र समर्थन गरेको कारण साझा गुठी बन्न सकेको धारणा राखे । अध्यक्ष लामाले गुठिको जग्गामा धर्मशाला निर्माण गर्न २ करोड बिनियोजन गरेको समेत जानकारी गराए। उनले यसमा साथ दिएकोमा बागमती प्रदेस र काठमाडौ महानगरलाई धन्यवाद समेत दिए।

जापानका लागि पुर्व नेपाली राजदुत गणेश योन्जनले तामाङ भाषाले कामकाजी भाषाको मान्यता पाएकोमा खुशी व्यक्त गरे । गुठीका पुर्व अध्यक्ष खड्गजित लामाले बौद्धको बिकास र बिस्तारमा यहाँको समाज तथा संघ संस्थाको भुमिका महत्त्वपूर्ण भएको बताए । बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामाले बौद्धनाथ क्षेत्र बिकास समितिले बौद्ध स्तुपाको संरक्षण र सम्बर्द्धन गर्ने कुरामा ध्यान दिएको र यहाँको सबै धर्म संस्कृति र पुरातात्त्विक सम्पत्ति संरक्षणमा भुमिका खेलिरहेको बताए।
गरिरहेको बताए ।

गुठिका अध्यक्ष जय मंगल लामाको अध्यक्षतामा भएको कार्यक्रम टासी कुमार लामाले सन्चालन गरेका थिए। सो साधारणसभामा उत्कृष्ट विद्यार्थी तथा जेष्ठ सदस्यलाई सम्मान गर्नुको साथै सचिव र कोषाध्यक्षको प्रतिबेदन पारित गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय